को १ ज ९० नम्बरको जिप दुर्घटना हुँदा घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर |

0
202

पुष २२ काठमाण्डौ भोजपुरको हतुवागढी गाउँपालिकाको हसनपुरबाट घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्।
आइतबार दिउँसो २ बजे को १ ज ९० नम्बरको जिप दुर्घटना भएको हो। घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

ब्रेक फेल भएर दुर्घटना भएको जिपका चालकसहित ११ जना घाइते भएका हुन्।

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, रानीबास दितेनीका गोपाल बस्नेत, दितेनीकै प्रितम राई, आमचोक गाउँपालिका यूँको दाबुराङका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १, सुनसरीका जीवन सुबेध घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले जानकारी दिए।

घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई, दितेनीकै २५ वर्षीय प्रितम राईको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।

भोजपुरको हतुवागढी गाउँपालिकाको हसनपुरबाट घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्।

आइतबार दिउँसो २ बजे को १ ज ९० नम्बरको जिप दुर्घटना भएको हो। घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

ब्रेक फेल भएर दुर्घटना भएको जिपका चालकसहित ११ जना घाइते भएका हुन्।

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, रानीबास दितेनीका गोपाल बस्नेत, दितेनीकै प्रितम राई, आमचोक गाउँपालिका यूँको दाबुराङका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १, सुनसरीका जीवन सुबेध घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले जानकारी दिए।

घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई, दितेनीकै २५ वर्षीय प्रितम राईको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ। annpurnposht |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here