जुम्ला जिल्लाभरि हिउँ पर्दा जुम्ली जनता खुशी

0
152

सिञ्जा, २३ पुस –जुम्ला जिल्लाभरि हिमपात हुदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हुदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् ।

रारा घुम्न आउनुभएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफू भाग्यमानी भएको ठान्नुहुन्छ । आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उहाँले भन्नुभयो, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here