प्रदेश सभामुख र उपसभामुखका लागि करोडौका गाडी खरीद

0
150

 

डोटी, २३ पुस-सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौँको लगानीमा नयाँ गाडी खरीद गरिएको छ । प्रदेशसभा सचिवालयले रू एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी बडालका लागि दुई गाडी खरीद गरेको होे ।

सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा महिन्द्रा कम्पनीको गाडी र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ ।

त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ । तीनवटै गाडी खरीदमा रु एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ ।

सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यसअघि प्रयोग गर्दै आएको गाडी बिग्रिएकाले मर्मतसम्भार भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here