माघे संक्रातीको दिन भयानक दुर्घटना घटनास्थल मै ३ जनाको मृत्यु |

0
182

सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिनुभयो। राजविराजमा उपचार हुन नसकेपछि गए राति उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

चितवनमा गाडीको ठक्करबाट मोटरसाईकलमा सावार २ जनाको मृत्यु:- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा सोमबार साँझ गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन्। प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा६च ३११० नंको बोलेरोले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ। internetsansar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here