गोजुरियो टोली बङ्गलादेशतर्फ

0
189
file photo

 काठमाडौँ, २ माघ- आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली आज बंगलादेश प्रस्थान गरेको छ ।

बङ्गलादेश जाने खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारू, करिना पुरी, अप्सरा लम्साल, शारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान छन् । टोली नेतामा नेपाल गोजुरियो कराते डो सङ्घका महासचिव बलराम मित्र तथा निर्णायकमा सानुबाबु गिरी र रामकुमार श्रेष्ठ रहेका छन् । प्रतियोगिता यही माघ ३ र ४ गते हुनेछ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले मङ्गलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । मलेसियामा आगामी सेप्टेम्बर १७ देखि २२ तारिखसम्म हुने पाँचौँ विश्व गोजुरियो कराते प्रतियोगितालाई मध्यनजर गरी टोलीलाई प्रतियोगितामा सहभागी गराइएको महासचिव मित्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here