बँदेलको आक्रमणबाट किशोर घाइते

0
175
file photo

 मार्तडी, २ माघ- बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here