आमिर खानका भाइ १९ वर्षपछि बलिउडमा कमब्याक गर्दै

0
168
file photo

आमिर खानका भाइ फैजन खान १९ वर्षपछि फेरि चलचित्रमा कमब्याक गर्दै छन्। उनी सन् २००० मा फिल्म मेलाबाट बलिउड क्षेत्रमा प्रवेश गरेका थिए।

अब उनी फैक्ट्री नामको फिल्मबाट बलिउड क्षेत्रमा कमब्याक गर्न लागेका हुन्। यस चलचित्रबाट उनी कम ब्याक मात्र गर्न लागेका हैनन् गीत पनि गाउने छन्। उनले इश्क तेरा बोलको गीत गाइरहेका छन्।

एक अन्तवार्तामा कुरा गर्दै फैजलले भनेका छन्, फैक्ट्री मेरो ड्रिम प्रोजेक्ट हो। यो मेरो लागि अचम्मित गर्ने थियो की जब निर्देशक शिरीक मिनहाजले मलाई गीत गाउनु पर्यो भने। उनले यस गीतका लागि मेरो आवाज निकै सुटेबल रहेको बताएका छन्। त्यसपछि आफूले उक्त प्रस्ताव स्वीकार गरेको फैजलले बताए।

उनले भने, फिल्म र सिनेमाका बीच हुर्कीएका कारण मेरा लागि गीत गाउन असजिलो छैन्। यस अघि मेला फिल्ममा फैजल आमिर र ट्रिवंकल खन्नाका साथ देखिएका थिए । यो फिल्म बक्स अफिसमा त्यती धेरै सफल भएन तर यसको गीत भने निकै पपुलर बन्यो।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here