एजेन्सी । करीना कपूर र सैफ अली खानका छोरा तैमूर अली खान सोमबार राती आफ्ना एक फ्रेण्डको बर्थ डे पार्टी अटेण्ड गरेपछि निकै खुशी देखिन्थे ।
तैमूर यति धेरै एक्साइडेट थिएकी आमा करीनालाई छोडेर भाग्न थाले । छोरा कुदेपछि आमा करीना पनि गाउन सम्हालेर छोराको पछाडी कुदिन् । तर, गाउनले भने उनलाई समस्या भयो ।
करीना–तैमूरको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा निकै कमेन्ट पनि आइरहेका छन् । एक यूजरले लेखेका छन्, ‘धरै भयो भाईहरु यो कुनै भगवान होइन ।’ अर्का यूजरले लेखेका छन्, ‘हरेक बच्चा क्यूट हुन्छ ।’
अर्का यूजरले भने मीडिया फोटोग्राफर्सलाई कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘भाईहरु बच्चालाई राम्रोसँग खेल्न र शान्तिसँग बस्न पनि नदिने?’ अर्का यूजरले लेखेका छन्, ‘बिचारलाई बाँच्न देऊ, अब सैफले उसलाई बोर्डिङ स्कूल पठाउने छन् ।’
छोरा तैमूरको फोटोज क्लिक गर्न अगाडि पछाडी हिँड्ने क्यामराम्यानमाथि करीना पनि भड्कीन । दुःखी करीनाले भनिन्, ‘बाबा भयो अब, प्लीज उसलाई गाडीमा चढ्न दिनुहोस ।’
www.dcnepal.com