३ बर्षीय बालकको हत्या

0
192
file photo

लण्डन-३ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालककै आमा र उनी सँगै कारमा यात्रा गर्ने एक युवक छन्।

२५ बर्षीय युवक एड्रिन होयर र उनकी आमा २३ बर्षीया स्टफन वाटरसन पक्राउ परेका हुन्। कारको सिटमा बसेका बालक अफ्ठेरो भएपछि चिच्चाएका थिए।

सोहि कारमा सवार आमाका ब्वायफ्रेण्डले कुटपिट गरेपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। बालक रोएपछि उनले धेरै झापट हानेका थिए र बालकलाई सिटमै फालेको प्रहरी समक्ष बयान दिएका छन्।

 

एजेन्सी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here