तात्तोतातो खबर १२ वर्षीया बालिका बलात्कार गर्ने ४७ वर्षीय दलबहादुर थापा पक्राउ |

0
248

बाजुरा : १२ वर्षीया बालिका बलात्कारका ओरोपितलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन्। मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्।

बालिकाको मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकारी दिए। बालिका अहिले जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा छिन्।

पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्। थप अनुसन्धान गरी पीडकलाई कानून अनुसारको कारबाही गरिने प्रहरी प्रमुख डिएस्पी भाटले बताए।internetsansar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here