ईलाममा डा.केसीको अनसन, केसीलाई निमोनियाले ग्रस्त बनाएको छ |

0
156

झापा । माघको चिसो मौसममा प्रदेश नम्बर १ मा यतिबेला माहोल भने गर्माएको छ । बिषय केन्द्रिय नै भएपनि घटना चाँहि प्रदेश नम्बर १ अर्थाथ पुर्वको भएका कारण माहोल बिशेष रुपमै गर्माएको छ । ईलाममा डा. गोबिन्द केसी आठौँ दिनदेखि अनसनमा छन । केसीलाई निमोनियाले ग्रस्त बनाएको छ । उनी ईन्जेक्सन मार्फत औषधि लिएर अनसनमा छन । चिकित्सकहरुले उनलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने अबस्था छ तरपनि केसीले यो कुरा मानेका छैनन ।

यसअघिको अनसनमा जुम्लामा डा. केसीको समर्थनमा मात्रै जुलुस निस्किएपनि इलाममा भने उनको विरोधमा समेत प्रदर्शन भईरहेको छ । डा. केसीले अनसन थालेकोे दोस्रो दिनदेखि नै उनको विरोधमा ईलामकै लाकुरी चौतारामा अनसन शुरु गरेका विजय थापाको पक्षमा सत्तापक्षीय नेकपाका कार्यकर्ता र समर्थकहरु जुट्न थालेका छन् । डा. केसी र थापा दुबैको समर्थनमा दैनिकजसो स–साना प्रर्दशनहरु भइरहेका छन् । अहिलेसम्म दुबै गुटले पालो मिलाएर प्रदर्शन गरिरहेका छन् ।
डा. केसीकै विरोधमा अर्का एक युवकले इलाममा एकैपटक अनसन शुरु गरेपछि यहाँको समाज पनि दुई ध्रुबमा बाँडिन थालेको छ । दुई अनसनकारी समर्थकबीच कुनै पनि बेला मुठभेड हुन सक्ने आशंकाले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास समेत थपेको छ ।

सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा इलाममा पनि जुम्लाकै अवस्था दोहोरिने खतरा बढेको छ । भलै, जुम्लामा जस्तो इलाममा केसीका समर्थकहरु ठूलो संख्यामा नभएकाले उनलाई यहाँबाट सार्न झडपै गर्नुपर्ने अवस्था देखिँदैन । जुम्लामा डा. केसीका समर्थकहरु जसरी ठूलो संख्यामा देखिएका थिए, इलाममा भने आठौँ दिनसम्म आइपुग्दा समर्थकहरु खासै बढ्न सकेका छैनन ।

डा. केसीले राखेको ६ बुँदे मागमा कतिपय राजनीतिक र द्वन्द्वकालीन विषय पनि रहेकाले उनको अनसनलाई राजनीतिक कित्तामा राखेर हेर्न थालिएको छ । यसले गर्दा डा. केसीको समर्थनमा सत्तापक्षीय दलका कार्यकर्ताहरु सहभागी हुन हिच्किचाइरहेका छन् । सत्तापक्षीयले चाहिँ विपक्षीहरुले सरकारको विरुद्धमा डा. केसीको काँधमा बन्दुक राखेर पड्काउन खोजेको आरोप लगाईरहेका छन ।

यहि बिषय सँगै अर्को बिषय पनि थपिएको छ । नेपाली काँगेसका नेताहरु आफना नेताहरुको नाममा खोलिएका दुई वटा अस्पताल बन्द गराउन लागिपरेको भन्दै बिरोधमा उत्रिएका छन । यता सत्तापक्षकै दुई ठुला नेताहरुका निकट मानिएका दुर्गा प्रसाई सञ्चालक रहेको झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लाई सन्बन्धन दिने अन्तिम तयारीमा सरकार रहेको स्रोतको दाबी छ । उनी सञ्चालक प्रसाईले ईलामका एक पत्रकारलाई धम्की दिएको भन्दै पुर्वको माहोल थप गर्माएको छ ।
यो समाचार हामीले पूर्वेली न्यूजबाट साभार गरेका हौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here