काठमाडौँ, ६ माघ– चलचित्र ‘रणवीर’ को स्याड भर्सनको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतमा फिल्मका रणवीर अर्थात सुशील सिटौलाको प्रेम वियोगलाई देखाइएको छ।
नायिका सुपुस्पा भट्टले सुशीलको प्रेमलाई स्वीकार नगर्दाको अवस्थालाई यसमा चित्रण गरिएको छ । ‘मान्न चाहन्न’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा शब्द र संगीत हर्कुलसकै रहेको छ ।
चलचित्रमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।