सामाजिक सञ्जालमा आफ्ना भिडियोले चर्चामा रहेका दीपक कलालको एक भिडियो सार्वजनिक भएको छ।
उनी उक्त भिडियोमा खुलेयाम सडकमा कुटिएका छन्। दीपक पछिल्लो समय राखी सावंतसँग विवाह गर्ने कुराले चर्चामा रहेका थिए। सार्वजनिक भिडियोमा उनी निकै डराएका छन् भने केही व्यक्तिले उनमाथि कुटपिट गरिरहेका छन्।
भिडियोमा दीपकले इन्टरनेटमा कहिलै पनि आपत्तिजनक सामाग्री पोस्ट नगर्ने बताइरहेका छन्। यो भिडियो दिल्लीको भएको बताइएको छ। यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। तर यो भिडियो कहिलेको हो र कहाँको हो भन्ने बारे भने आधिकारीक पुष्टी हुन सकेको छैन्।
भिडियोमा दीपक डराएको देखिन्छन् भने त्यहाँ विभिन्न गाली पनि सुन्न सकिन्छ। त्यसैले यस भिडियोलाई यूट्युबबाट भने हटाइएको छ।
एजेन्सी