के रणवीर घरज्वाई बसेका हुन्?

0
185

काठमाडौँ-गएको नोभेम्बरमा इटालीमा गरेका रणवीर सिंह र दीपिका पादुकोण एक पावर कपलका रुपमा देखिएका छन् । बिहेपछि दुबै स्टारको भ्याल्यू पनि बढेको छ । रणवीर प्रायः दीपिकालाई लिएर प्रोटेक्टिभ हुन्छन् ।

हालै उनले एक घटना सार्वजनिक गरेका छन्, जसमा उनी परम्परागत ढर्रा छोडेर एक प्रगतिशील अप्रोच अपनाएको देखिए ।

खासमा सामान्यता परम्परा इतर दीपिका बिहेपछि रणवीरको घरमा होइनकी रणवीर, दीपिकाको घर प्रभादेवी अपार्टमेन्ट्समा बस्दै आएका छन् ।

दीपिका आफ्नो यस घरमा धेरै वर्षबाट बसिरहेकी छन् । तर रणवीर र दीपिका आफ्नो लागि एक ठूलो घरको खोजीमा छन् ।

एक अन्तर्वार्तामा रणवीरले भने, ‘म बिहेको एक यस्तो अवधारणाका रुपमा हेर्दै ठूलो भएँ, जहाँ सँधै यसलाई निभाउनेमा केन्द्रित हुन्छ । बिहे एक कमिटमेन्ट हो र यसबाट बाहिर निस्कने अप्शन हुँदैन । त्यसो हो भने यसलाई निभाउनका लागि जे पनि गनुपर्छ । त्यो गर्नुहोस ।’

‘मेरो लागि सबैभन्दा सेन्सिबल यो थियोकी म दीपिकाले बनाएको सेटअपमा शिफ्ट भइजाउँ । उनी आफ्नो घरमा निकै सहज छिन् र म उनलाई त्यहाँबाट हटाउन चाहँदैन । म सँधै उनलाई प्राथामिकता दिन चाहन्छ।’

स्मरण रहोस रणवीरलाई डेटिंगको ६ महिनाभित्र दीपिका नै उनकी ड्रिम गर्ल भएको आभास भएको थियो । उनले भनेका थिए, ‘मलाई लाग्छकी दीपिका मभन्दा राम्री छन्, उनी मभन्दा धेरै परिपक्क, जिम्मेवार र स्वतन्त्र छिन् । संसारिक कुरा पनि उनी मभन्दा अगाडि छिन् ।’

रणवीर हाल फिल्म सिम्बाको सफलको उत्सव मनाईरहेका छन् । उनको फिल्म गली ब्वायलाई लिएर दर्शकमा जबरजस्त उत्साह छ । यसका साथै उनी कपिल देवको बायोपिकमा पनि काम गरिरहेको छ । र करण जौहरको मल्टीस्टारर फिल्म तख्तमा पनि उनी देखिनेछन् ।

एजेन्सी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here