कृषि क्याम्पसको तयारी 

0
188

बलेवा, ६ माघ-बागलुङ नगरपालिकाले कृषि प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीको चाहना पूरा गर्ने गरी क्याम्पस खोल्ने तयारी गरेको छ ।

नगरपालिकाले प्रारम्भिक भौतिक पूर्वाधारमा लगानी गरेर वार्षिक ५० विद्यार्थीलाई कृषि विषयको स्नातक तह अध्यापन गराउने तयारी गरेको हो । नगरपालिकाभित्रकै एक गुठीले २० रोपनी जमीन नगरपालिकालाई दिने निर्णय गरेपछि पहिलो चरणमा उक्त स्थानमै पूर्वाधार बनाएर क्याम्पस सञ्चालन गर्ने योजनासहित अध्ययन थालिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

कृषि विज्ञान विषयमा अध्ययनअध्यापन गराउने गरी कलेज सञ्चालन गर्नका लागि पोखरा विश्वविद्यालयसमेत सकारात्मक भइसकेको छ । “नगरपालिकाले कलेज सञ्चालनको आशय दिएपछि विश्वविद्यालयले पनि चासो दिएको हो”,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक निर्मल सापकोटाले भन्नुभयो, “लगानीको चरणमा नगरपालिकाले बढी पारदर्शिता देखायो भने यो कलेजले पाँचाँै वर्षदेखि नगरपालिकाकै शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्नेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here