किन देखिन्छ डरलाग्दो सपना ?

0
384

निदाएपछि सपना देखिन्छ । सपनाको अर्थ हुन्छ भन्ने मान्यता छ । कतिले सपनालाई भ्रम मात्र पनि मान्ने गरेका छन् । तर यसमा अनेक तर्क गर्ने ठाउँ पनि छ ।

सपनालाई राम्रो वा नराम्रो भन्ने गरिन्छ । अर्थात शुभ र अशुभ मान्ने गरिन्छ । कतिपय सपनालाई अशुभ मानिएको छ, जसले नराम्रो नतिजाको संकेत गर्छ । कतिपय सपनालाई शुभ मानिन्छ, जसको फल प्राप्त हुन्छ ।

कहिले कहि हामी भयानक सपना देख्छौं । भनिन्छ, यस्तो सपना देख्नुमा वास्तु दोष पनि एक हो । यसबाट छुटकारा पाउने केहि वास्तु टिप्स छ ।

१. महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन । राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ ।

२. कतिपयले राति सुत्दा आफ्नो जुत्ता–चप्पल खाटमुनि नै राख्छन् । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ ।

३. यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ ।

४. यदि तपाईं गाढा रंगको ओढ्ने ओढेर सुत्ने गरिएको छ भने त्यसलाई पनि बदल्नुपर्छ । राति डरलाग्दो सपना देख्नुको एउटा कारण यो पनि हुन सक्छ ।

५. राति सुत्नुअघि एउटा कपडामा सुकुमेल बाँधेर त्यसलाई आफ्नो सिरानीमुनि राखौ । वास्तुका अनुसार यसो गर्दा राति मिठो निद्रा पर्नेछ र सपना पनि राम्रो देखिनेछ ।

६. कहिलेकाहीँ डरलाग्दो सपना नदेखे तापनि तपाईं निद्रामा आत्तिदै उठिन्छ । यदि तपाईंलाई पनि यस्तो हुन्छ भने एउटा तामाको भाँडोमा पानी भरेर आफ्नो खाटको मुनि राखौं । बिहान उठेपछि त्यो पानीलाई गमलामा हाल्नुपर्छ ।

७. पानीमुनि पहेँलो चामल राखौं । सेतो चामलमा बेसार दलेर पनि पहेँलो बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं डरलाग्दो सपनाबाट मुक्ती पाइनेछ ।

८. यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here