रहेनन् वरिष्ठ कलाकार गणेश मुनाल

0
290
file photo

काठमाडौँ : वरिष्ठ कलाकार गणेश मुनालको सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको छ । दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् ।

मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको सोमबारै अन्तिम संस्कार गरिने कलाकार शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

वरिष्ठ कलाकार मुनालले ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’, ‘मिस्टर डन’ सहितका चलचित्रमा अभिनय गरेका छन् । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘गोपी’ माघ १८ गतेखेखि हलमा आउँदैछ । मुनालका एक छोरा छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयको जादू देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here