प्रचण्ड पत्नी सीता आईसीयूमा भर्ना

0
201

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्तालमा भर्ना भएकी छन्।

रुघाखोकी र ज्वरो आएपछि उनलाई आइतबार बिहान सुमेरु अस्ताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल श्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सीताको उपचारमा डा.युवराज शर्मालगायत चिकित्सक खटिएका छन्।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगद्वारा पीडित छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here