सवारीसाधनको अधिकांश चालकमा उच्च रक्तचाप

0
188

नवलपरासी-नवलपरासीमा चल्ने सवारीसाधनको अधिकांश चालकमा उच्च रक्तचाप रहेको भेटिएको छ। इलाका प्रहरी कार्यालय बर्दघाट, अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटको आयोजना र चिसापानी अस्पतालको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षणमा अधिकांशमा उच्च रक्तचापको समस्या भेटिएको हो।

बर्दघाटको टिसियन चोकमा गरिएको १५१ चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरुमध्ये अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए।

खानपान , पर्याप्त आरामको अभाव, बाटोमा आउने विभिन्न समस्याले तनाव हुने भएकाले प्राय चालकहरुमा उच्च रक्तचापको समस्या बढी देखिने गरेको चेकजाँचमा संलग्न चिकित्सकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here