डुङ्गा दुर्घटना,१६ जनाको मृत्यु

0
236

काठमाडौँ, माघ ८-भारतको कर्नाटकमा डुङ्गा दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। सोमबार दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरूले जानकारी दिएका छन्।

कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीको टोलीले खोजी गरिरहेको छ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव उद्धारकर्ताले भेट्टाएका छन्। ‘अरुको खोजीका लागि सम्भावित ठाँउहरूको पहिचान गरिएको छ’, एक अधिकारीले भने, ‘खोजी तथा उद्धारका लागि हेलिकोप्टर र अन्य  उपकरण पनि प्रयोग भइरहेको  छ।’
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here