उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने

0
392
file photo

काठमाडौ,९ माघ- उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने भएको छ। मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ।

पानी परेसँगै चिसो महसुस भैरहेको छ। यी स्थानहरुमा मंगलबारराति देखि नै पानी परीरहेको मौसमविद् समिर श्रेष्ठले बताए। काठमाडौ उपत्यकामा ५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

सुदुरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको  छ। काठमाडौंसहित देशका मध्य र पश्चिम भेगमा परिरहेको वर्षा बुधबार साँझदेखि रोकिनेछ भने बिहिबार विहानदेखि पुर्वी भेगमा पानी पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए। सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ।

वर्षा र हिमपातले जनजिवन कष्टकर भएको छ भने बिहिबिार पूर्वका धेरैजसो स्थानमा पानी पर्नेछ भने यी स्थानहरुका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ। काठमाडौंमा पानी परेपनि धेरै चिसो भने बढेको छैन्।

उपत्यकााको आजको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसम विज्ञान विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here