युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै ‘पब्जी’ ,पब्जी’ को लत लागेपछि युवामा देखिन थाले मानसिक समस्या

0
562
file photo

काठमाडौंँ- युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ खेल हो ‘पब्जी’ । यो अनलाइन खेल हो। यो खेलका कारण युवकयुवती आफ्नो दैनिक कामसमेत बिर्सन थालेका छन् ।‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो ।समूहमा खेलिने यो खेलको लतका कारण युवापुस्तामा मानसिक समस्या देखिन थालेको चिकित्सक बताउँछन् । पाटन अस्पताल मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले यस प्रकारको अनलाइन खेल बढी खेल्दा मानसिक रोग लाग्नसक्ने बताउनुभयो । यस्ता खेलले उत्पन्न गर्ने रोगलाई ‘इन्टरनेट गेमिङ डिसअर्डर’ भन्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘‘यो एक प्रकारको नशा नै हो, रक्सीको नशा वा लागूऔषधको नशा जस्तै यो पनि एक प्रकारको नशा नै हो ।’’

आफूकहाँ पनि इन्टरनेटको खेलबाट उत्पन्न समस्या लिएर विरामी आउने गरेको जानकारी दिँदै उहाँले यस्ता खेलले शारीरिक र मानसिक दुवै समस्या निम्तिने बताउनुभयो । डा. शाक्यले भन्नुभयो, ‘‘यस खालका खेल अति भए डिप्रेशनलगायतका रोग लाग्न सक्छ ।’’आफ्नो महत्वपूर्ण कामहरू मात्र होइन, खाना खाने तथा शौचालय जानसमेत छोडेर अनलाइन खेल खेल्ने लत छोराछोरीमा परेको समस्या लिएर धेरै अभिाभावक आउने गरेको जानकारी पनि उहाँले दिनुभयो ।‘‘यस प्रकारको खेल अनलाइनको माध्यमद्वारा मोबाइल तथा कम्प्युटरमा खेलिन्छ । यो खेल खेल्न थालेपछि खेल्ने मान्छेमा चाँडै नै यसको लत बस्छ’, चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले भन्नुभयो । खेलको लत बसेपछि मानिसले खान समेत छाड्ने बताउँदै उहाँले कतिपयले त दिनरात नभनी यस्तो खेल खेल्ने गरेको बताउनुभयो । यो खबर गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

नेपालमा यस खेलले पारेको प्रभावबारे कुनै अध्ययन भएको जानकारी आपूmलाई नभएको बताउँदै उहाँले खेलबारे सामाजिक सञ्जालमा शेयर हुने भिडियोका आधारमा यहाँ पनि खेल्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको अनुमान लगाउन सकिने बताउनुभयो ।डा. शाक्यका अनुसार यसप्रकारको खेलले निद्रा मात्र बिगार्दैन, रक्तचापदेखि मधुमेह जस्ता रोगको पनि सङ्क्रमण निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउनसक्छ ।यस्ता खेलमा देखाइने हतियारका कारण बालबालिकाको दिमागमा हिंसात्मक विचार उत्पन्न हुनसक्ने र यसले उनीहरुमा नैराश्यता पैदा गराउन सक्ने जानकारी पनि उहाँले दिनुभयो ।यसैगरी, अनावश्यक कुरामा पनि रिसाउनु, सामान्य कुरामा पनि झर्किनु, साथीभाइ तथा घरपरिवारका सदस्यसँग असामान्य व्यवहार देखाउनु जस्ता समस्या पनि देखिन सक्छ ।

यो खेल विश्वभरिका खेलाडीसँग खेल्न मिल्छ । समय र क्षेत्र भने फरक–फरक हुन्छ । खेलले स्वास्थ्यमा समस्या निम्तिने चेतावनी चिकित्सकले दिए पनि खेलाडीहरू भने थकान मेटाउने दाबी गर्छन् ।नियमित पब्जी खेल्ने इभिक कर्माचार्य भन्नुहुन्छ, ‘‘अमेरिकी तथा युरोपेली खेलाडीसँग खेल्न रातको दुई–तीन बजेसम्म नसुतेरै बिताउँछु । दिनभरिको थकान यस्ता खेलले मेटाउँछ ।’’ साथीहरुसँग खेल्दै गफिन पाउने भएका कारण यो खेल आफूलाई दैनिकी जस्तै भइसकेको उहाँ बताउनुहुन्छ ।यता बसन्तपुरस्थित बी हाइफ क्याफेका सौरभ प्रधान पनि पब्जी नियमित खेल्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘ग्राहक नआउँदा मेरो साथी भनेको ‘पब्जी’ नै हो ।’’

सुरक्षित कसरी ?लत बस्ने गरी यो खेल खेल्न नहुने भन्दै डा.शाक्य भन्नुहुन्छ, ‘‘इन्टरनेट कति समय प्रयोग गर्ने अथवा यस्ता खेल कतिबेर खेल्ने निश्चित गर्नुपर्छ ।’’उहाँका अनुसार इन्टरनेट बढी प्रयोग नगर्न सफ्र्टवेयर निर्माण भएको छ र यो सफ्टवेयरले बढी समय इन्टरनेट प्रयोग गरे वा निश्चित समयमा बन्द नगरे करेन्ट लाग्ने हुन्छ ।भारतको नेसनल हेल्थ एन्ड न्यूरो साइन्सको प्रतिवेदनले यस खेलले पारेको समस्याबारे १२० भन्दा बढी समस्या दर्ता भएको जनाएको छ । प्रतिवेदनमा यो खेल खेल्नेहरुको मानसिक अवस्था बिग्रेको पाइएको छ । एक तथ्याङ्क अनुसार छ वर्षका बालकदेखि ३२ वर्षका युवकयुवती यो खेल खेल्ने गरेको पाइएको छ ।

www.online24post.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here