प्रहरी समेत छक्क पर्ने गरि काठमाडौँमा यौनधन्दा

0
432
file photo

राजधानी काठमाडौँ यौनधन्दा चलाउने एउटा नयाँ तरिकाको प्रहरीले पर्दाफास गरेको छ। गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिरहेको प्रहरीले यतिबेला यौनधन्दाको नयाँ स्वरूपको पनि भण्डाफोर गरेको छ।

यसैबीच यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले तीन महिलालाई काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ । कोठा भाडामा नै लिएर यौनधन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाले पक्राउ गरी यौनजन्य गैरकानुनी गतिविधि गरेको अभियोगमा मद्धा चलाएको छ । यसरी पक्राउ पर्नेमा सिराहा जिल्ला स्थाई घर भएकी ५४ वर्षीया गीता दाहाल, झापाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल छन् ।

छठघाटको विवादले गढीमाईमा कुटाकुट, ११ जना घाइते

नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो ।

झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीनजना घाइते भएका छन् । घाइतेमध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर छ । झडपमा घाइते भएका मोतीलाल गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव हुन् ।

छठ पूजाका लागि दुवै टोलका स्थानीयले एकै जग्गामा छठघाट बनाउने तयारी गरेपछि विवाद सुरु भएको थियो । उक्त जग्गामा आफूले छठघाट बनाउन पाउनुपर्ने दुवै टोलले दाबी गर्न थालेपछि छलफल डाकिएको थियो ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको सचिव कुशवाहाको पहलमा भइरहेको छलफलमै दुवै पक्षबीच झडप भएको हो । झडप भएपछि बरियारपुरमा रहेको प्रहरी चौकी र सशस्त्र बेस क्याम्पका प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए । दुवै पक्ष आक्रामक हुँदै एकअर्कामा जाई लागेपछि जिल्ला प्रहरी कार्यालयबाटसमेत टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जीतसिंह राठौरले जग्गाको बिषयलाई लिएर स्थानीयबीच विवाद हुँदा भएको झडपलाई केही समयमै नियन्त्रणमा लिएको बताए । उनले झडपमा सामान्य घाइतेको कलैयामा उपचार गराइएको र गम्भीर घाइतेलाई थप उपचारका लागि वीरगन्ज पठाएको जानकारी दिए ।

www.online24post.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here