पुदिनाका यति धेरै फाइदाहरु,जानी राखौं

0
279
file photo

काठमाडौँ । पुदिना हामी प्राय सबैले बढि मात्रामा अचारको रुपमा खाएका छौँ । पुदिना कसैलाई मन पर्छ कसैलाई मन पर्दैन । खासमा यसको सेवनले खाना स्वादिष्ट बनाउनुका साथै माउथ फ्रेसनरको रुपमा पनि काम गर्छ । यसको सेवनले खाना पचाउन सहयोग गर्छ ।

आज हामी पुदिनाको फाइदाबारे जानकारी गराउँदै छौँ ।

१. बाडुली लागेमा
लगातार बाडुली लागेमा पुदिनाको सेवन गर्दा बाडुली रोकिन्छ । बाडुली लाग्दा पुदिनाको पात चपाउनुहोस् ।

२. डन्डिफोर आएमा
पुदिनाको पात पिसेर लेप बनाउनुहोस् । त्यसलाई डन्डिफोरमा लगाउनुहोस् । करिव १५ मिनेट पछि चिसो पानीले धुनुहोस् । तपाईको डन्डिफोर जानुका साथै मुहार सुन्दर पनि हुन्छ ।

३. उल्टी भएमा
अपच हुने गरी खाना खाँदा वा विषाक्त खानाको कारण उल्टी हुने गर्छ । यस्तो अवस्थामा पुदिनाको रस निकालेर पिउनुहोस् । २ वा ३ पटक पुदिनाको रस पिउनाले बारम्बार उल्टी हुने समस्या हटेर जान्छ ।

४. पेट दुखेमा
एक चम्चा पुदिनाको रसमा कागतीको त्यति नै रस मिलाउनुहोस् । त्यसमा आधा चम्चा अदुवाको रस, कालो नुन मिलाएर दिनमा २ देखि ३ पटक पिउनाले पेट दुखेकोमा राहत मिल्छ ।

५. गर्मी भएमा
शरीरमा अत्यधिक गर्मी भएमा र बाहिरी वातावरण पनि तातो भएमा लू लाग्ने सम्भावना बढ्छ । यस्तोमा पुदिनाको जुस पिउनुभएमा लु लाग्दैन र शरीरमा पनि शितलता अनुभव हुन्छ ।

६. मुख गनाएमा
मुख गनाउँदा निकै समस्यामा परिन्छ । त्यसको लागि पुदिनाको पात चपाउनुहोस् । यसका अलावा पुदिनाको रस निकालेर हरेक विहान–बेलुका मुख कुल्ला गर्नाले मुख गनाउन छोड्छ ।

७. सर्दी, खसखस भएमा
सर्दी वा खसखस भएमा पुदिनाको पातको साथमा कालो मरिच र नुन मिलाएर चपाउनुहोस् । यसो गर्दा सर्दी, खसखस हुन छोड्छ ।

८. चोट लागेमा
हतियार चलाउँदा चोटपटक लागेमा पुदिनाको पातको लेप लगाउनाले फाइदा मिल्छ । यसले रगत बग्न रोक्नुका साथै पुरानो दाग पनि मेटाउँछ । बिच्छीले टोकेमा पनि पुदिनाको लेप लगाउनाले विष झर्छ ।हेर्नुस् फरक कुरा टिभीले तयार पारेको यो भिडियो रिपोर्ट :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here