अभिनेत्री साम्राज्ञी शाहको इंस्टाग्राम अकाउण्ट ह्याक

0
272

काठमाडौं । कलाकारहरुले चलाउने लोकप्रिय सामाजिक सञ्जाल हो इंस्टाग्राम । इंस्टाग्राममाफर्त कलाकारहरु आफ्ना फ्यानहरुलाई नयाँ अपडेट दिइरहेका हुन्छन् भने केही तस्वीर र भिडियो पनि शेयर गर्छन् ।

उनीहरु सामाजिक सञ्जालबाटै लोकप्रियसमेत बनिरहेका हुन्छन् । नेपाली कलाकारहरु पनि यो सामाजिक सञ्जाल इंस्टाग्रामको निकै प्रयोग गर्छन् । यसरी इंस्टाग्राम चलाउने मध्ये लोकप्रिय नेपाली अभिनेत्री हुन् साम्राज्ञी शाह ।

उनी इंस्टाग्राममा फ्यानहरुका लागि नयाँ नयाँ अपडेटहरु पोस्ट गरिरहेकी हुन्थिन् । उनले सोमबारसम्म इंस्टाग्राम अपडेट गरिरहेकी थिइन् ।

मंगलबार भने केही अश्लील तस्वीरहरु पोस्ट भए । फेरि हटाइए । बुधबार भने सो अकाउण्टमा कुनै पनि पोस्ट देखिएको छैन । कुरा बुझ्दा उनको अकाउण्ट ह्याकरको आक्रमणमा परेको खुलेको छ । ३ लाख ९७ हजार फ्लोर्स भएको उनको अकाउण्ट ह्याक भएको हो ।

यसरी अकाउण्ट ह्याक शिकार बनेकी साम्राज्ञी तनावमा रहेको बुझिएको छ । कलाकारहरु ह्याकरको आक्रमणमा पर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here