असहाय गरीब बिरामीको निःशुल्क उपचार गर्ने सहमति

0
257

लहान, ११ माघ-असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ ।

फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको मेडिकल डाइरेक्टर डा. शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि बन्द रहेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले जानकारी दिए।

उनका अनुसार प्रसूति सेवा निःशुल्क गर्ने, शल्यक्रिया गरेर बच्चा निकाल्दा निःशुल्क गर्ने, साधारण प्रसुतिमा २४ घण्टा र बढी ग्रसित प्रसूतिमा ४८ घण्टा श्यया निःशुल्क गर्ने र गरीब, असहाय व्यक्तिका लागि सकेसम्म निःशुल्क उपचार गर्नेलगायतका विभिन्न विषयमा सहमति भएको छ ।

गरीब असहाय व्यक्तिलाई निःशुल्क उपचार गर्नका लागि नौ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा नगरपालिकाकोतर्फबाट पाँच जना र फूलकुमारी महतो मेमोरियल हस्पिटलबाट चार जना गरी गठित नौ सदस्यीय समितिले वास्तविक गरीब, दलित पहिचान गरी सहजरुपमा उपचारको व्यवस्था मिलाउने नगर प्रमुख पासवानले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here