महायज्ञमा एक करोड ५७ लाख सङ्कलन

0
193

नारायणपुर- दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ।

‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ-२०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान सङ्कलन भएको महायज्ञका निर्देशक प्राडा अर्जुन बुढाथोकीले जानकारी दिए।

महायज्ञको आठौँ दिन मात्रै रु ४२ लाख ४५८ दान सङ्कलन भएको छ। घोराही उपमहानगरपालिका–१३ बस्ने खिमबहादुर डिसीले रु छ लाख दान गरेका छन्। यस्तै दानपेटिकाबाट बिहीबारसम्म रु ५८ हजार ४७५ सङ्कलन भएको छ।

एक करोड दीप प्रज्वलन 
महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ। महायज्ञको आठौँ दिन बिहीबार एक करोड दीप प्रज्वलन गरिएको थियो।

देशमा शान्तिको कामना गर्दै पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिए। दीप प्रज्वलनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here