ट्यूशन पढाउने म्याडमसँग प्रेम भएपछि निम्तियो भयानक अपराध

0
181

एजेन्सी । भारतको पानीपतमा प्रेम सम्बन्धको बीचमा आएपछि महिलाले आफ्नो प्रेमीसाग मिलेर श्रीमानको निर्मम हत्या गरिदिएकी छन् । पहिला श्रीमतिले उसलाई नशालु औशधि दिइन् ।

जब उसलाई केही भएन, प्रेमीसँग मिलेर उसको निर्मम हत्या गरिन् । यसपछि दुबैले नगद रुपैयाँ र गरगहना लिएर फरार भए । प्रहरीले घटना भएको ३५ दिनपछि रोहतकबाट दुबैलाई पक्राउ गरेको छ ।

खाद्य एवं आपूर्ति विभागको डीसी रेटमा चौकिदार काम गर्ने जीन्द जिल्लाको मोहनगढ निवासी दलबीर ङ्क्षसह (४१) को समालखाको कृष्णा कलोनीमा भएको हत्याको रहस्य प्रहरीले खुलासा गरेको छ ।

घटनाको ३५ दिनपछि सीआईए–१ ले हत्या आरोपी श्रीमति अमिता (३०) र उसको प्रेमी अमित (१९ लाई रोहतकको सेक्टर ४ बाट पक्राउ गरेर अदालतमा पेस गरेको छ । अदालतले उनीहरुलाई दुई दिनको हिरासतमा राख्ने म्याद थपिएको छ ।

दलीबर अवैध सम्बन्धमा बाधक बनिरहेको थियो, त्यसैले श्रीमति अमिताले आईटीआई जिकै अमितसँग मिलेर उसलाई बाटोबाट हटाउने निर्णय लिइन् । १८ डिसेम्बर राती अमिताले अमितलाई कल गरेर घर बोलाइन् ।

र षडयन्त्रअनुसार दलबीरलाई नशालु औशधि खुवाइन् । यसपछि दुबैले दलबीरको हात खुट्टा बाँधे र रडले टाउकोमा हाने । दलबीरको हत्या गरेपछि अमिताले घरबाट नगद र गहना र अन्य सामान लिएर योजअनुसार दिल्ली भागिन् ।

एसपी सुमित कुमारले ले लघु सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरेर दलबीरको हत्यापछि आरोपी अमिता र अमित दिल्ली, जयपुर, अजमेर, जोधपुर, छत्तीसगढ, पंजाबको जालन्धरको होटलमा बसेको बताए ।

उनीहरु सबैभन्दा धेरै जालन्धरमा २० दिनसम्म बसेका थिए । उनीहरुले डेबिड कार्डबाट खाताको रकम तानिरहेका थिए । पैसा सकिएपछि उनीहरुलाई प्रहरीले रोहतकबाट पक्राउ गरेको हो ।

एसपी सुमित कुमारले भनेकी अंग्रेजी विषयमा एमए पास रोहतकको बलम्बाकी अमिताको पहिलो श्रीमानसँग सम्बन्धबिच्छेद भएको थियो । पहिलाको श्रीमानबाट उसकी एक छोरी पनि छ ।

४ वर्ष पहिला अमिताले दलबीरसंग बिहे गरिन् । उनीहरु दुबै जनाको अर्की एक छोरी पनि छिन् । दलबीरको गाउँको घरसँगै अमितको घर पनि जोडिएको छ र अमित दलबीरलाई दाई भन्थ्यो । अमित १० मा पढ्थ्यो ।

उसलाई अमिताले ट्यूशन पढाउन शुरु गरेकी थिइन् । दुबैमा प्रेम शुरु भयो । दश महिनादेखिको दुबैको अवैध सम्बन्धबारे दलबीरलाई थाहा भयो । दलबीरले जब यसको विरोध गर्यो, उसको हत्या भयो ।

http://www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here