छोटो कपडा लगाएर मुम्बईमा बीच सकडमा सारा अली खान हिँडेपछि हंगामा

0
219

सैफ अली खानकी छोरी सारा अली खान केही दिन अगाडि मुम्बईको बान्द्रा क्षेत्रमा जिम बाहिर देखिइन्।  जिम सेशनपछि सारा हिँड्दै सडकमा आइन् र सडकको पारि जान थालिन्। यो क्रममा मानिसहरुले उनलाई पहिचान गरे अनि हेर्दा हेर्दै भीड जम्मा हुन थाल्यो।

केही फोटोग्राफर पनि सारालाई क्यामरामा कैद गर्न त्यहाँ पुगे। यो क्रममा लुक्दै लुक्दै सारा अली खान आफनो कारसम्म पुग्न भ्याइन्। सामाजिक संजालमा साराको यो भिडियो निकै भाइरल भइरहेको छ। मानिसहरुले उनलाई छोटो कपडा लगाएर सडकमा घुमेको भन्दै ट्रोल गरिरहेका छन्। एक जनाले लेखेका छन्–मुम्बईमा जाडो हुँदैन की के हो?’

साराले कफी विथ करनमा उनले आफू मोटी भएपनि नायिका बन्न चाहेको बताएकी थिइन्। एक समय साराको वजन ९६ किलो थियो। साराका अनुसार बाल्यकालमा मोटाउनुको कारण पीसीओडी (एक प्रकारको बिमारी) थियो। महिलामा हुने एक हर्मोनल समस्या हो पीसीओडी। हार्मोन परिवर्तनका कारण यो बिमारी साना उमेरका केटी मानिसमा पनि देखिन्छ।

उनी अहिले पनि यो बिमारीसँग लडिरहेकी छन्। साराले आफ्नो रोगको विषयमा बताइ रहँदा सैफ अली खानले सारालाई हकार्दै पिज्जा धेरै खाएर पनि यस्तो भएको हुन सक्ने बताएका थिए।

मोटोपनलाई नियन्त्रणमा लिनकालागि साराले धेरै मेहनत गरेकी छन्। साराले आफ्नो डाइटलाई मात्र नियन्त्रणमा गरिनन् उनी नियमति जिम जान थालिन्। सारा योग र कत्थक डान्स पनि गर्छिन्। अहिले साराको वजन मात्र ५० केजी छ।

साराले सुशान्त सिंह राजपूतको अपोजिट फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। त्यसपछि साराले रोहित शेट्टीको फिल्म ‘सिम्बा’ मा अभियन गरिन्। यो फिल्मले पनि बक्स अफिलमा निकै राम्रो कमाइ गरेको थियो।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here