विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्णलाई १३ लाख ४६ हजार आर्थिक सहयोग

0
281

काठमाडौं- विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकमका कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख ४६ हजार आर्थिक सहयोग गरेका छन्।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘कृष्ण ओली सहयोग अभियान दक्षिण कोरिया’ले सहयोगबापत संकल्न गरेको सो रकम विद्युतीय करेन्टका कारण दुई हात र एक खुट्टा गुमाएका ओलीलाई हस्तान्तरण गरिएको हो।

दक्षिण कोरियामा काम गर्दै आएका गुरुदत्त न्यौपाने, मिन विश्वकर्मा, कृश गुल्मेली बाबु, सुन्दरबाबु श्रेष्ठलगायतका अभियन्ताहरुले सो सहयोग रकम जम्मा गरेर पीडित ओलीलाई सहयोग गरेका हुन्।

कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपले पनि ओलीलाई एक लाख ५४ हजार आर्थिक सहायता उपलब्ध गराएको छ। कार्यक्रममा बोल्दै ओलीले आफूलाई आर्थिक सहायता गर्नेहरुप्रति अभार व्यक्त गरे। उनले त्यस अवसरमा विद्युत र विद्युतीय जोखिमबाट बच्न पनि सबैलाई सचेत गराए।

विद्युतीय करेन्टबाट दुवै हात र एउटा खुट्टा गुमाउनु भएका उहाँलाई अमेरिकालगायतका देशमा रहेका नेपालीहरुले पनि आर्थिक सहयोग गर्दैै आएका छन्।

http://www.dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here