भारत सरकारद्वारा एम्बुलेन्स सहयोग

0
239

बेझाड, १३ माघ-पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको चापपानी स्वास्थ्यचौकीलाई भारत सरकारले एम्बुलेन्स सहयोग गरेको छ ।

भारतको ७०औँ गणतन्त्र दिवसको अवसरमा शनिबार स्वास्थ्यचौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो । काठमाडौँमा भएको कार्यक्रममा भारतीय राजदूत मञ्जितसिंह पुरीले बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र स्वास्थ्य शाखा संयोजक मणि अधिकारीलाई संयुक्तरूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।

अब यहाँ एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने अध्यक्ष बस्यालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here