सिड्नी- अँध्यारोमा शौचालय बसेकी महिलाले ट्वालेटमा बस्नासाथ सर्पले टोकेको बताएकि छन् ।
५९ वर्षीया महिला हेलेन रिचर्ड्सलाई मङ्गलवार अष्ट्रेलियाको ब्रिस्बेन सहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा सर्पले उनलाई टोकेको थियो।
ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेपछि घाउ लागेको छ। उक्त सर्प समात्ने सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र सर्पहरू लुकेर बस्नु सामान्य हो।
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घोचेको जस्तो अनुभव भएको बताएकि छन्।
उनले भनिन्, म शौचालयमा बसेकी मात्रै थिएँ, टोकेकोजस्तो अनुभव भयो। म सुरुवाल तल झारेकै अवस्थामा अत्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।
http://www.dcnepal.com