स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

0
220

काठमाडौँ,१४ माघ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ।

विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गराएपछि मन्त्रालयले सो जानकारी दिएको हो।

उपप्रधानमन्त्री यादवले प्रतिष्ठानमा देखिएको समस्या छिटो समाधान गर्न आफूले पहल गर्ने जानकारी दिएको भेटमा सहभागी सांसद सुजिता शाक्यले बताए। भेटमा सांसद कोमल ओली, रेखा शर्मा, शान्ता चौधरी, गङ्गा चौधरीलगायत सहभागी थिए।

यसैबीच नेपाल रेडियोलोजिष्ट एशोसिएशनको अध्यक्षमा डा दानबहादुर कार्की चयन भएका छन्। एशोसिएशनको आइतबार सम्पन्न निर्वाचमा उपाध्यक्षमा डा प्रकाश कायस्थ, महासचिवमा डा अनामिका झा, सहसचिवमा डा कृष्ण बुढाथोकी, कोषाध्यक्षमा डा सुन्दर सुवाल र सहकोषाध्यक्षमा डा मनिन्द्र श्रेष्ठ तथा सदस्यहरूमा डा प्रकाश शर्मा, डा सूर्यप्रसाद सापकोटा र डा कल्पना राई बिजयी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here