खोलामा नग्न अवस्थामा बालिकाको शव फेला

0
230

विराटनगर- विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ।

उनको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो। दास शनिबार साँझदेखि हराइरहेकी थिइन्। उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ।

मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताए। प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here