वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु, ३४ जना घाइते

0
274
file photo

लिमा । करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु, कम्तीमा ३४ जना सख्त घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् ।

“होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here