तेक्वान्दोमा नेपाल १७ स्वर्णसहित दोस्रो

0
262
file photo

काठमाडौ । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।

यही माघ ३ गतेदेखि आजसम्म भएको च्याम्पियनशिपमा नेपालले १७ स्वर्ण, ११ रजत र सात कास्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए।

उक्त च्याम्पियनशिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते ।

समीर डल्लाकोटीले फाइटतर्पm जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए । उनले पुम्सेतर्पm फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए ।

त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए ।

फाइटङतर्पm जिप्सन नेपाल, राजेशकुमार तमाङ र इमरान नजिर सेखले स्वर्ण जिते । सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कास्य जित्न सफल भए ।

पुम्सेमा युनिशा दराइले रजत, फाइटङमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र पृति गुरुङले कास्य पदक प्राप्त गरे । यस्तै मेलिना गुरुङ, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्पm कास्य पदक जित्न सफल भए ।

dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here