डोटी,१५ माघ- पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन्।
भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन्। “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भने।
गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन्। लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन्। पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भने।
सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताए। उनले भने, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”
रासस