काठमाडौं,१५ माघ-रेष्टुरेण्ट तथा बारहरुमा ग्राहकले तिर्दै आएको सेवा शुल्क मंगलबारदेखि हटाईएको छ।
आजदेखि ग्राहकले रेस्टुरेन्ट तथा बारहरुमा लिइदैं आएको सेवाशुल्क तिर्नुपर्ने छैन।
रेष्टुेण्ट तथा बार एसोसिएसन नेपाल, रेबानले प्रेस विज्ञप्ति जारी गर्दै अबदेखि ग्राहकले सेवा शुल्क तिर्न नपर्ने जनाएको छ।
उपभोक्ताहरुबाट चौतर्फी विरोध भएपछि हिजो सोमबार काठमाडौंमा सम्पन्न बृहत भेलाले रेष्टुरेण्ट तथा बारहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको हो।
निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा प्रयोग गरेबापत कुनै सेवाशुल्क नलिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
http://www.dcnepal.com