काठमाडौं,१५ माघ- युवा ज्योतिष हरिहर अधिकारी डेब्यु फिल्म ‘शुभ लभ’को शीर्ष गीतको भिडियो सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो। यसै फिल्मबाट नायिकाको रूपमा कृष्टिन पौडेलको डेब्यु गर्दैछिन्।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा निशान भट्टराईको स्वर छ। निशानलाई मिना सिंहले साथ दिएकी छन्। राजमजी लामिछानेले कोरियोग्राफी गरेको उक्त भिडियोमा ड्रेस डिजाइन रोविन क्रियशनका लागि रोविन परियारले गरेका हुन्।
फिल्म लभ स्टोरी जेनरामा रहेको ‘शुभ लभ’लाई सन्तोष बाबु लोहनी निर्देशन गरेका हुन्। धर्मराज सुवेदी निर्माता रहेको फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन्। चैत १५ गतेदेखि प्रदर्शनमा आउने यस फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन्।
‘शुभ लभ’ मा हरिहर र क्रिष्टिनसँगै रविन्द्र झा, राजाराम पौडेल, सरोज खनाल, प्रदीप बाँस्कोटा, राजा राजेन्द्र पोखरेल, लगायतको अभिनय छ।