काठमाडौं,१५ माघ- हृदयाघात भएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ।
शाहको उपचारमा संलग्न डाक्टरहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन्। उनको अवस्था अहिले पनि स्थिर र गम्भिर नै रहेको मुटुरोग विशेषज्ञ डा. यादव देव भट्टले पत्रकार सम्मेलनमा बताए।
पूर्व युवराज शाहलाई सिसियुमै राखेर ७२ घण्टा जति उच्च निगरिानीमा राखेर उपचार गर्न आवश्यक रहेको डा. भट्टले बताए।
सोमबार ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चनापछि घर फर्किएका शाहको छातीमा एक्कासी समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।