चार नगरपालिकाले दमकल खरीद गर्ने

0
267

भरतपुर,१६ माघ- चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन्। कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन्।

मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरीद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए। दमकल खरीद प्रक्रिया अघि बढाउन उनको अध्यक्षतामा अध्ययन तथा सिफारिश समिति गठन गरिएको छ।

“दमकल खरीदपछि भरतपुरको भरपर्नु पर्दैन”, उनले भने। बैठकले रु ६० लाखसम्मको दमकल खरीदका लागि सिफारिश गरेको छ। यसअघि पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रूपमा रिङरोड निर्माण गर्ने निर्णय गरेका थिए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here