काठमाडौँ,१६ माघ- नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ। बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो।
जनउत्थानको २० प्रतिशत लाभांश
यस्तै जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४ ७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ। बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ।
यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण गर्ने भएको छ।
उक्त शेयर लाभांश भुक्तानी गर्दा लाग्ने वापत रु तीन लाख तीन हजार १५७ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।