प्रहरी अस्पतालले गर्यो ६ हजारबढी सर्वसाधारणको उपचार

0
197

काठमाडौँ,१६ माघ- १६ महिनामा प्रहरी अस्पतालले गर्यो ६ हजारबढी सर्वसाधारणको उपचार गरेको छ।

विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिला गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको हो।

यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले सो अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिँदै आएका थिए। सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन्। सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ।

नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रीत परिवारलाई निशुल्क उपचार गरेपनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दे आएको बताए।

“नागरिकलाई सहुलियतका साथ उपचार गराउने उदेश्यले अस्पतालले सर्वसाधारणको उपचार गर्दै आएको छ,” उनले भने, ‘प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ।

यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा विशेष कक्ष भएपनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here