विराटनगर किङ्ग्सद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

0
230

काठमाडौँ,१६ माघ- यही माघ २५ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताका लागि विराटनगर किङ्ग्सले आज दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

क्लबका अनुसार भारतका अभिनाश यादव र शिभकान्त शुक्लालाई क्लबमा अनुबन्ध गरिएको छ। दुवैले भारतको प्रतिष्ठित रञ्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्।

अभिनाश देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन् । यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा चार हजार १९८ रन बनाएका छन् ।

विराटनगरको रणनीतिक खेलाडीका रुपमा करण केसी रहेका छन् । टोलीका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुशन भारी, हरिशङ्कर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐर छन् ।

देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here