एजेन्सी-गर्मीको मार खेपिरहेकी अस्ट्रेलियाको एक मुख्य नदीमा अचानक हजारौँ माछा मृत भेटिएका छन्। माछा मर्ने क्रम अझै जारी हुने आनुमान गरिएको छ।
यसले प्राकृतिक विपदको खतरा मडारिएको सम्बन्धीत निकायले चेतावनी दिएका छन्। दुई महिनाभन्दा कम समयमा यस नदीमा यति धेरै माछा मरेका हुन्। ठूलो संख्यामा माछा मरेको यो तेस्रो घटना हो।
यो नदी कस्बा डार्लिङ नदीको नजिक छ, जुन हजारौँ किलोमिटर फैलिएको मुर्रे डार्लिङ नदी तन्त्रको हिस्सा हो। जसलाई देशको कृषी क्षेत्रको जीवन रेखा मानिने गरिन्छ। तामक्रम बढी भएका कारण यसरी अचानक माछा मरेको हुन सक्ने अधिकारीले बताएका छन्।