गाउँपालिकाले दियो युवालाई रोजगार

0
241

बाजुरा,१७ माघ- स्वामीकार्तिक खापर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन थालेको छ। बेरोजगारी समस्या समाधान गर्न रोजगारी दिने व्यवस्था सुरु गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए।

पुस ७ मा बसेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाइ माघ १६ देखि १०० जना युवाहरुलाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताए।

प्रत्येक वडाका २८ जनाका दरले बेरोजगार युवााई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ, नहर निर्माणजस्ता विकासे काममा खटाइएको गाउँपालिका कार्यालयले जनाएको छ। स्वरोजगार कार्यक्रममा अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिल्यान्यास गर्दै बेरोजगार युवाहरुलाई काममा लगाएको छ।

गरिब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकमा स्वरोजगारको अवसर सिर्जना गरी गरिवीन्युनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here