५ हजार चल्ला नष्ट

0
333

कलैया,१८ माघ- वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ।

जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो।

गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको टोलीले बरामद गरेको हो।

चल्ला बोकेको ना ५ ख ६५०९ नम्बरको मिनीट्रक र ट्रकलाई सुरक्षा दिँदै आएको ना ६३ प ५९०० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको निरीक्षक बस्नेतले जानकारी दिए। सशस्त्र प्रहरी बेसक्याम्पको परिसरमा खाल्टो खनी कुखुराको चल्ला पुरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here