चालीस लाख बराबरको जग्गादान

0
212

मङ्गलबारे,१८ माघ- देउमाई नगरपालिका–४ तल्लो बुधबारेका तीन समाजसेवीले उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेलाई रु ४० लाख बराबरको जग्गा दान गरेका छन्।

लीलाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले सङ्घको भवन निर्माणका लागि एक रोपनी दुई आना जग्गा दान गरेका हुन् ।

श्रेष्ठ परिवारले दान दिनुभएको जग्गा उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेको नाममा नामसारी गरिएको शाखाका अध्यक्ष तारा थापाले जानकारी दिए । उक्त जग्गामा देउमाई नगरपालिकाको सहयोगमा तत्काल भवन निर्माण थालिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here