कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसायमा

0
434

बेझाड,१८ माघ- बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन्।

तीन वर्षको कोरियाको अनुभवले उनलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर मिलेको छ। “कोरियामा गरेको दैनिक १२÷१५ घण्टाको दुःख यही दिनमा एक÷दुई घण्टा गरियो भने लाखौँ कमाउन सकिँदोरहेछ”, उनले भने। कम लगानीमा थोरै मेहनत गरे पनि लाखौँ यही कमाउन सकिने उनी बताउछन्।

गाउँमा खेर गएको खोरिया बारीमा उनले बङ्गुर फार्म सञ्चालन गरेका छन्। उनहाँको फार्ममा हाल १६ वटा माउ बङ्गुर छ। बङ्गुरको पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने उनी बताउछन्।

“बिक्रीका लागि अत्यन्त सहज छ, मासुभन्दा पाठापाठी बिक्रीबाट छोटो समयमा धेरै फाइदा लिन सकिन्छ, घरबाटै पाठापाठी धमाधम बिक्री भइरहेको छ”, सारुले भने।

हाल बङ्गुरको पाठा चार हजार र पाठी तीन हजार ५०० मा बिक्री हुने गर्छ न। खर्च कटाएर एक वर्षमा रु चार लाख आम्दानी हुने गरेको उन बताउछन्। कोरियाबाट फर्केलगत्तै १५ वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका सारुले यसलाई दीर्घकालिन समयसम्म निरन्तरता दिने बताउछन्। मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति अरब र कोरिया धाउनु पर्दैन।

वैदेशिक रोजगारीका लागि खर्चने रकममध्येको केही रकम लगानी गरेर कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here