निषेधित गरिएको क्षेत्रमै नेपाल विद्यार्थी संघको प्रर्दशन

0
238

काठमाडौं,१८ माघ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ।

काँग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले शुक्रबार सिंहदरबारको मूलगेट अगाडिको निषेधित क्षेत्र तोड्दै आन्दोलनलाई झनै चर्काएको हो।

त्यस अवसरमा नेविसंघका ८ जना कार्यकर्ताहरुले कालो बेलुनमा सरकारविरोधि नारा लेखेर उडाएका थिए। उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा. गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो। डा. केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ।

नेपाली काँग्रेसले डा. केसीको माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here